Ticker

6/recent/ticker-posts

३३ किलो सुन काण्ड प्रकरणः मुख्यअभियुक्तसहित ५ जना रेड कर्नर नोटिसमा

काठमाडौ,फागुन ।
साढे ३३ किलो सुन काण्डका मुख्य अभियुक्त हरिशरण खड्कासहित ५ जनामाथि नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ। आइतबार सिआइबीले पत्रकार सम्मेलन गरेर  खड्कासहित ५ जनामाथि नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको हो ।
‘खड्कासहित ५ जना रेडकर्नर नोटिसमा परेका छन् । अब इन्टरपोल मार्फत उनीहरुको खोजी हुन्छ, उनीहरु सबै दुबइमा छन्।’सीआईबीका एक अधिकारीले भने ।
रेडकर्नर नोटिस जारी हुनेमा मुख्य अभियुक्त खड्का, रोशन गुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेल रहेका छन् । खड्का नै सुनको मालिक भएको र  फरार रहेका सबैले सुनमा लगानी गरेको प्रहरीको भनाई छ ।
दस वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका खड्का पछिल्लो समय जागिर छाडेर सुन तस्करीमा संलग्न भएको ब्युरोका अधिकारीहरूको भनाइ छ। दुबईमा खड्काले नेपालीको साथ लिएर सुन तस्कर गरिरहेको ब्युरोको दाबी छ। प्रहरी र विमानस्थलका भन्सार कर्मचारीलाई विभिन्न प्रलोभन देखाएर खड्काले लामो समयदेखि नेपालमा सुन भित्र्याइरहेका थिए।
नेपालमा नाम चलेका सुन व्यवसायीलाई पनि खड्काले नै दुबईबाट सुन पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। गत पुस २१ गते दुबईबाट काठमाडौं आउँदै गरेका बाँकेका गोपालबहादुर शाही साढे ३३ किलो सुनसहित पक्राउ परेका थिए। त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीको सेटिङमा विमानस्थल बाहिर सुन सुटकेसमा बोकेर ल्याए पनि ब्युरोको टोलीले गोल्डेनगेटबाट शाहीलाई नियन्त्रणमा लिएको थियो।
सुन लिन जोरपाटी चोकमा कुरिरहेका दीलबहादुर थापा र सन्तोष काफ्ले पनि लगत्तै पक्राउ परेका थिए। अनुसन्धान गर्दै जादाँ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको पनि मिलेमतो देखियो। भन्सारका अधिकृत राजकुमार ढकाल र श्रीनारायण यादवको मिलेमतो देखिएपछि ती दुई कर्मचारी पनि पक्राउ परे।
त्यस्तै, सुन तस्करीमा प्रहरीले समेत सघाएको सिआइबीले पत्ता लगायो। विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्री पनि सुन काण्डमा पक्राउ परे। उनले हरेकचोटि सुन भित्र्याउँदा १ लाख लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ।

Post a Comment

0 Comments