Ticker

6/recent/ticker-posts

घानाः रुख डलेर २० जनाको मृत्यु

एजेन्सी, चैत ।
घानामा एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको ज्यान गएको छ । घानाको ब्रोङ–अहाफोमा रहेको किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भिडमा रुख ढलेको हो ।
घटनास्थलमै १८ जना विद्यार्थीको ज्यान गएको अरु दुई जनाको अस्पतालमा ज्यान गएको हो । घटनामा २० जना भन्दा धेरै घाइते भएका छन् । झरनाले बनाएको तालमा पौडी खेलिरहेका मानिसमाथि हावाहुरीका कारण रुख ढलेको सरकारी अधिकारीले बताएका छन् ।
घटना लगतै रुखमा च्यापिएका मानिसको उद्धारका लागि प्रहरी तथा उद्धारकर्मी खटिएका छन् । घटनामा परि ज्यान गुमाउने र घाइते हुनेमा धेरै स्थानीय विद्यालयका विद्यार्थी र पर्यटक रहेका छन् ।

Post a Comment

0 Comments