Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, चैत । नेपाल निर्माण व्यवसायी महासंघले उपभोक्ता समितिमार्फत निर्माण कार्य गराउने ऐन तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । 

उपभोक्ता समितिमार्फत १ करोड रुपैयाँ बराबरको निर्माण कार्य सम्पन्न गराउने गरी सार्वजनिक खरिद नियमावलीको पाँचौं संशोधन भएकोमा आपत्ति जनाउँदै महासंघले खारेज गर्न माग गरेको हो । 

उपभोक्तामार्फत निर्माण कार्य गर्नेगरी सरकारले संशोधन गरेको ऐन राजनीतिक दलका कार्यकर्ताहरु मात्रै पोस्ने गरी आएकाले खारेज गर्न माग गर्नु परेको महासंघका अध्यक्ष शरदकुमार गौचनले जानकारी दिनु भयो । 
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले गुणस्तरीय काम उपभोक्ता समितिले गर्छ भनेर सरकारले आफना कार्यकर्ता पोस्ने कामलाई बैधानिकता दिएको भन्दै त्यो ऐन खारेज नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनु भयो । 

महासंघले स्थानीय उपभोक्ता समितिमार्फत हुने काममा अनियमितता चरम रुपमा बढ्दै गएको जिकीर गर्दै सरकारलाई राष्ट्र निर्माण जस्तो काममा गैरजिम्मेवारी नबन्न पनि चेतावनी दिएको छ । महासंघले स्थानीय उपभोक्ता समितिमार्फत १ करोड रुपैयाँ बराबरको निर्माण कार्य गर्ने गरी सरकारले संशोधन गरेको ऐनले बेरुजु बढ्दै जाने र मुलुकनै बित्तीय जोखिममा फँस्ने तर्फ पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

सरकारले सार्वजनिक खरिद ऐनको पाँचौं संशोधन गर्दै स्थानीय उपभोक्ता समितिमार्फत निर्माण कार्य गराउने रकमलाई ६० लाखबाट बढाएर १ करोड पु¥याएको थियो । यही व्यवस्थाको विरोधमा निर्माण व्यवसायीहरु उत्रिएका हुन । 

उनीहरुले सरकारले ल्याएको यो ऐन, निर्माण व्यवसायीहरुको हित विरुद्ध रहेको उल्लेख गर्दै तत्काल खारेज नभए सशक्त आन्दोलनमा जान बाध्य हुने  चेतावनी समेत दिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply