Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मड्रिड, फागुन ।
स्पेनिस ला लिगामा गएको बुधबार भएको खेलमा बराबरीमा रोकिएको रियल मड्रिडले गएराती भएको खेलमा भने सानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एइबरलाई ४–१ ले हरायो । एइबरको मैदानमा भएको खेलमा रियल मड्रिड क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिना नै खेलेको थियो ।
रोनाल्डो चोटका कारण तथा बेल प्रतिबन्धका कारण मैदान बाहिर थिए । रियललाई जिताउन करिम बेन्जिमाले दुई तथा जेम्स रोड्रिग्वेज र मार्को एसेनसियोले एक एक गोल गरे । एइबरका लागि रुबेन पेनाले एक गोल फर्काए ।
बेन्जिमाले १४ र २५ औं मिनेटमा गोल गर्दै रियललाई २–० को अग्रता दिलाए । उनले लिगमा अघिल्ला सात खेलमा गोल गर्न सकेका थिएनन् । २९ औं मिनेटमा रोड्रिग्वेजले गोल गरेपछि पहिलो हाफमा रियलले ३–० को अग्रता लियो ।
६० औं मिनेटमा एसेनसियोले गोल गरेपछि अग्रता ४–० मा पुग्यो । ७२ औं मिनेटमा पेनाले एइबरका लागि एक गोल गरेपछि रियल ४–१ ले विजयी भयो । जितपछि दोस्रो स्थानको रियल मड्रिडको २६ खेलबाट ५९ अंक भएको छ ।
राति नै भएको खेलमा सेल्टा डि भिगोलाई ५–० ले हराएको शीर्ष स्थानको बार्सिलोनाको ६० अंक छ । बार्सिलोनाले एक खेल बढी खेलेको छ । राति भएका अरु खेलमा भिल्लारियलले स्पानियोललाई २–० तथा लेगानेसले ग्रनाडालाई १–० ले हरायो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply