Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,चैत ।
काठमाडौंका क्यासिनोहरुमा प्रहरीले छापा मारेको छ । आइतबार राति महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले संयुक्त रुपमा छापा मारेका हुन् । विभिन्न पाँचवटा क्यासिनोमा छापा मारेको प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुका अनुसार १३ जना युवतीलाई मध्य रातमा सोल्टी क्यासिनोबाट पक्राउ गरिएको हो । उनीहरु त्यस क्यासिनोमा काम गर्ने र तालिमको लागि आएको सञ्चालकले बताए पनि यस बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विभिन्न गुण्डाहरु र नेपाली जुवाडेहरुको भएको सुराकीकाका आधारमा छापा मारे पनि गुण्डा र नेपाली जुवाडेहरु फेला नपरेको प्रहरीले जनाएको छ ।
सर्वसाधारणले भने क्यासिनोबाट गुण्डा र जुवाडे पक्राउ गर्न नसक्ने तर युवती मात्र पक्राउ गरेको भन्दै प्रहरीलाई समेत शंका गरेका छन् । प्रहरीलेक्यासिनो संचालकलाई समेत पक्राउ नगरेपछि प्रहरीमाथी नै झन् शंका बढेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply