Ticker

6/recent/ticker-posts

चलचित्र निर्माता करण जोहर बने जुम्ल्याहा सन्तानका पिता

मुम्बई,फागुन ।
बलिउड चलचित्र निर्माता करण जौहर जुम्ल्याहा बच्चाका पिता बनेका छन् । उनी सरोगेट आमाको सहाराबाट एक छोरा र एक छोरीका पिता बनेका हुन् । छोराको नाम यश र छोरीको नाम रुही रहेको करणले ट्वीट गरेर जानकारी दिएका हुन् ।
करण जोहर अविवाहित छन् । यसअघि तुषार कपुर पनि विवाह बिना नै सरोगेट मदरको सहायताले पिता बनेको थिए । शाहरुख खानका छोरा अबराम पनि सरोगेसीबाटै जन्मिएका हुन् । करण जोहरले आफ्नो किताबमा पिना बन्ने इच्छा व्यक्त गरेका थिए ।

Post a Comment

0 Comments