Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, चैत ।
नेदरल्याण्डसले प्रशिक्षक ड्यानी ब्लाइन्डलाई बर्खास्त गरेको छ । विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्याण्डस बुल्गेरियासँग २–० ले पराजित भएपछि प्रशिक्षक ब्लाइन्ड बर्खास्त भएका हुन् ।
जिम्मेवारी सम्हालेको दुई वर्षपछि ब्लाइन्ड बर्खास्त भएका हुन् । ब्लाइन्ड सन् २०१५ मा गुस हिड्डिन्कलाई प्रतिस्थापन गर्दै प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा नेदरल्याण्डस गएको वर्षको युरोकपमा छनौट हुन सकेन भने विश्वकप छनौटमा पनि खराब प्रदर्शन गरिरहेको छ ।
पछिल्लो नतिजाले रुसमा हुने विश्वकपमा छनौट हुन कठिन भएको र टिममा परिवर्तनको खाँचो महसुस भएकाले ब्लाइन्डलाई बर्खास्त गरिएको डच फुटबल एसोसिएसनले जनाएको छ । मंगलबार हुने इटालीसँगको खेलमा फ्रेड ग्रिमले अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने  छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply