Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,चैत ।
नेपाली कांग्रेसका नेताहरुले संविधान संशोधन प्रस्तावलाई टुंगोमा पुर्‍याएर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबारदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले संविधान संशोधनलाई टुंगोमा नपुर्‍याई चुनावमा जाँदा कांग्रेसलाई घाटा लाग्ने विश्लेषण गरेका छन् ।
बैठकमा २३ जना नेताहरुले बोलेका थिए । तीमध्ये चन्द्र भण्डारी एकजनाले भने केपी ओलीको लाइनमा बोलेका थिए । भण्डारीले ५ नम्बर प्रदेश टुक्र्याउने गरी ल्याइएको संशोधन प्रस्तावको चर्को बिरोध गरे । भोलि यसैगरी सुदूरपश्चिम र पूर्व टुक्र्याउने प्रस्ताव आउँछ, तपाईहरु मान्नुहुन्छ भन्दै भण्डारीले बैठकमा प्रश्न गरे ।
भण्डारी एकजनाले फरक मत राखे पनि बैठकमा बोल्ने अन्य नेताहरुले संविधान संशोधन प्रस्ताव संसदमा टेबल गरेर मात्रै चुनावमा जानुपर्ने बताए । यो प्रस्तावलाई थाती राखेर चुनावमा जाँदा घाटा लाग्ने भन्दै पास–फेल जे भए पनि टेबल गरेर मात्रै चुनावमा जानु कांग्रेसका लागि फाइदाजनक हुने नेताहरुले बताएका थिए ।
आइतबारको बैठकमा गृहमन्त्री बिमलेन्द्र निधीले मधेसी मोर्चासँग सरकारले गरिरहेको कुराकानीबारे जानकारी दिएका थिए । त्यसैगरी अर्को नेता कृष्ण सिटौलाले संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्ने भन्दै अन्यथा खिलराज रेग्मी जन्मने खतरा रहेको औंल्याए । तर, चुनाव रोक्न नहुनेमा सिटौलाको जोड थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply