Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
आइसिसि विश्व क्रिकेट लिग च्याम्पियसिपमा नेपालले आज फेरि केन्यासँग खेल्दैछ । शनिबारको खेल हारेर २ अंक गुमाएपछि प्रतियोगिताको शीर्ष चारमा रहने सम्भावना गणितीय रुपमा मात्र कायम रहेको भएपनि नेपाल सोमबार जित्नैपर्ने मानसिकताका साथ मैदान उत्रिदैछ ।
शनिबार ३६ ओभर खेलेको नेपालले जम्मा ११ वटा चौका हान्यो भने ने छक्काको त खातै खोल्न सकेन । नेपालका ब्याट्सम्यान केन्याका बलर सामु निरिह देखिए । डेब्यु गरेका दिपेन्द्रसिंह ऐरीले मध्यम प्रदर्शन गरेपनि सुनिल धमला तीन रनमै आउट भए । भरपर्दा ब्याट्स्म्यान शरद भेषावकर, लामो समयपछि टीममा परेका मेहवुव आलम, ठूला सट हान्न माहिर विनोद भण्डारी कसैको ब्याट चलेन ।
कप्तानी भूमिका निर्वाह गरिरहेका ज्ञानेन्द्र मल्ल र सागर पुनले इनिङ सम्हाल्ने कोशिस त गरे तर खेल्नुपर्ने जस्तो खेल्न उनीहरुले पनि सकेनन् । समग्रमा भन्दा ब्याटिङमा समस्या देखियो । खेल सकिएपछि कप्तान ज्ञानेन्द्र र मुख्य प्रशिक्षक जगत टमाटाले पनि स्वीकारे कि‘ब्याटिङ नचल्दा खेल हारियो ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply