Ticker

6/recent/ticker-posts

अप्टिकल फाइबर बिछ्याउन टेण्डरको लागि टेलिकम अन्तिम तयारीमा....

काठमाडौ, फागुन ।
नेपाल टेलिकमले यसै साता अप्टिकल फाइबरका लागि टेण्डर आह्वान गर्ने भएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने पाँचथरबाट पश्चिममा धादिङसम्म अप्टिकल फाइबरको काम टेलिकमले पाएको थियो । यसलाई अगाडि बढाउन टेण्डर प्रक्रियामा जान लागेको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् ।
गुणस्तरीय सेवाका लागि पुराना प्रविधि विस्थापित गर्ने अभियानमा टेलिकम रहेको उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय ब्याण्डविथका लागि चाइना टेलिकमसँग गरेको सहमति अनुसार छिट्टै रसुवागढी नाकाबाट यो सेवा भित्र्याइने जानकारी गराइन् ।

Post a Comment

0 Comments