Ticker

6/recent/ticker-posts

मधेशी मोर्चालाई फकाउन प्रधानमन्त्री दाहाल पुनःसक्रिय

काठमाडौ,चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा पुनःछलफल थालेका छन् । चीन भ्रमणका कारण लामो समय राजनीतिक छलफल हुन नसकेका बेला प्रधानमन्त्री दाहालले शुक्रबार सत्ता साझेदार नेपाली कांग्रेस र मधेसी मोर्चासँग छलफल गर्न लागेका हुन् ।
दिउँसो साढे ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल सिमांकन पछि टुंग्याउनेगरी बाँकी विषयमा सहमति खोजेर मोर्चालाई पनि चुनावमा सहभागी गराउने विषयमा केन्द्रित हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
तत्काल सिमांकनको विषय पारित गर्न संसदमा दुई तिहाइ बहुमत नपुग्ने भएकाले सरकारी कामकाजको भाषालगायतका विषयमा सहमति गरेर अघि बढ्ने विषयमा मधसशी मोर्चा पनि केही लचिलो देखिएको छ ।

Post a Comment

0 Comments