Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ। मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ।
उक्त स्कुलमा आठ कक्षामा अध्ययनरत १४ वर्षीय कुन्दन थापालाई मृत्यु अवस्थामा उनका आफन्तले प्रहरी अस्पतालमा भेटेका थिए।
स्कुल व्‍यवस्थापनले तत्काल प्रहरी अस्पताल आउनु भनी खबर गरेपछि मृतकका आफन्तले त्यहाँ पुग्दा कुन्दन मृत अवस्थामा भेटिएका थिए । स्कुल व्यवस्थापनका अनुसार कुन्दनविरुद्ध उनी अध्ययनरत कक्षाकै एक छात्राबाट कम्प्लेन आएपछि वार्डेन शर्मिला गुरुङले बुधबार यस विषयमा छलफल गर्न कुन्दनकी आमालाई फोन गरेकी थिइन्।
तर कुन्दन आमाको फोन लिएर बाहिर हिँडेकाले शर्मिलाको फोन कुन्दनले नै उठाएका थिए। त्यसपछि कुन्दन आफै प्रहरी स्कुल पुगेका थिए जहाँ कम्प्लेन गर्ने छात्रा र उनका अभिभावक पनि उपस्थित थिए। तर केही छिनको कुराकानीपछि अभिभावक बोलाएर ल्याउँछु भन्दै फर्किएका कुन्दन एक्कासी हाम फालेको विद्यालय व्यवस्थापनले जनाएको छ ।
विदाको दिनमा विधाथीलाई मात्र किन बोलाईयो । अनि हाम फालेको मान्छेको रगतको टाटा कसरी तेस्रो फ्लोरमा भेटिन्छ। कुटेपछि तेस्रो फ्लोरबाट झारिएको हाम्रो आशंका छ, मृत्यकका आफन्त सजिता रानाले भनिन्। कुन्दन कक्षा आठको परिक्षा दिएर बसेका थिए। उनी सजिताकै घरमा खाना खान भन्दै आमाको फोन लिएर दिउँसो निस्किएका थिए।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply