Ticker

6/recent/ticker-posts

नेपालका जलवायुविद् नरेश शर्माको कार्यकाल सम्पन्न

काठमाडौं, चैत । जलवायु अनुकुलन कोष (एडप्टेशन फण्ड बोर्ड)का अध्यक्ष नरेश शर्माको एक वर्षे कार्यकाल सफलताकापूर्वक सम्पन्न भएको छ । वातावरण मन्त्रालयमा कार्यरत बरिष्ठ कृषि अर्थविद् शर्माको एक वर्षे जिम्मेवारी बिहीबारबाट सकिएको हो । उहाँको कार्यकाल सकिएसँगै अब कोषको अध्यक्षता जर्मनीले गरेको छ ।  युएनको रोटेशन सिस्टम (चक्रीय प्रणाली) अनुसर नयाँ कार्यकालका लागि  कोषको अध्यक्षता जर्मनीले गरेको हाे । 
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना (युएनएफसीसीसी) अन्तर्गत गठन भएको बोर्डमा नेपालले अध्यक्षताको मौका पाएपछि शर्मा २०१६ को अध्यक्षका रुपमा चयन हुनुभएकाे थियाे । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको अध्यक्षका रुपमा शर्माले पाउनुभएको जिम्मेवारी नेपालले पाएको अन्तर्राष्ट्रिय स्तरको अहिलेसम्मकै ठूलो जिम्मेवारी हो । शर्मा कोषको अध्यक्ष भएकै कारण यो अवधिमा नेपालले यस क्षेत्रका लागि वैदेशिक सहायता पाउनुका साथै नेपालमा सञ्चालन  भए गरिएका जलवायु परिवर्तनसम्बन्धी विभिन्न कार्यक्रम तथा परियोजनाले सफलतापूर्वक सम्पन्न हुने मौका पाएका हुन् । त्यस्तै, जलवायु परिवर्तनका कारण आर्थिक, सामाजिक तथा वातावरणीय प्रभाव उच्च रहेको नेपालले कोषको नेतृत्व गर्न पाउँदा जलवायु परिवर्तन अनुकुलनका अभियान र कार्यक्रम थप प्रभावकारी भएको सर्वविदितै छ । 

हालै जर्मनीमा भएको कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष शर्माले आफ्नो कार्यकालमा भएका गरिएको उपलब्धिको समिक्षा गर्नुका साथै महत्वपूर्ण उपलब्धिहरु बैठकमा प्रस्तुत गुर्नभएको थियाे । शर्माले अध्यक्षता ग्रहण गरेसँगै अहाेरात्र खटेर जलवायु परिवर्तन सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय बैठक तथा सम्मेलनमा उल्लेख्य रुपमा याेगदान दिनुभएकाे थियाे । 
हालै जर्मनीमा भएको कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष शर्माले आफ्नो कार्यकालमा भए गरिएका उपलब्धिको समिक्षा गर्नुका साथै महत्वपूर्ण उपलब्धिहरु बैठकमा प्रस्तुत गुर्नभएको हो ।  उहाँले पेरिस सम्झौतामा कोषका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेकाे र  त्यसले कोषको उचाइ थपेको जानकारी गराउनुभयो । त्यस्तै, मराकसमा आयोजित जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रको सम्मेलन (कोप) सम्मेलनमा कोषले धेरै कार्यक्रम तथा आयोजना जनाउनुभयाे ।  शर्माले सीएमपी १२ मा कोषका तर्फबाट प्रस्तुतीसमेत गर्नुभएको थियो । 

शर्माले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको सम्मेलन कोपमा राष्ट्रप्रमुख सहभागी सेसनमा कोषका तर्फबाट भनाइ समेत राख्नुभएको थियो । यसले जलवायु अनुकूलनका विषयमा उहाँले उठान गर्नुभएका विषय तथा मुद्दालाईसमेत अन्तर्राष्ट्रियकरण गर्न उल्लेख्य सहयोग पुगेको थियो ।  

जर्मनीको यो पछिल्लो बैठकमा अन्य देशहरुले पनि शर्माको नेतृत्वमा भएका उपलब्धीको खुलेर प्रशंसा गरेका थिए । त्यस्तै शर्माको नेतृत्वमा कोषले मराकसमा भएको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको सम्मेलनमा ऐतिहासिक उपलब्धी हात पार्न सफल भएको थियो । 

कोषले वितेको एक वर्षमा आर्थिक परिचालनमा समेत उल्लेख्य उपलब्धि हात पारेको छ । सन् २०१६ सम्ममा ८० मिलियन अमेरिकी डलर प्राप्त गर्ने लक्ष्य राखेकोमा शर्माको नेतृत्वमा लक्ष्यभन्दा बढी ८१.५ मिलियन डलर प्राप्त भएको छ । यसलाई कोषको महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ । 

कोषलाई जर्मनी, स्वीडेन, इटाली, बेल्जियमलगायतका देशले उल्लेख्य सहयोग गरेका छन् । आफ्नो कार्यकाल सकिदै गर्दा भएको जर्मन बैठकमा शर्माले सहयोग गर्ने देशहरुको खुलेरै प्रंशसा गर्नुका साथै आमागी दिनमा पनि सहयोगको अपेक्षा राख्नुभयो । 

कोषले विश्वभर जलवायु परिवर्तनका कारण बदलिएको मौसम अनुसारका अनुकुलन कार्यक्रम सञ्चालनका लागि वित्तीय सहयोग उपलब्ध गराउने गर्दछ । विकासोन्मुख तथा विकासशिल देशमा अनुकुलनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सन् २००० मा कोषको स्थापना भएको हो । विकसित देशले उपलब्ध गराएको वित्तीय सहयोगको स्वीकृति, व्यवस्थापन र परिचालनको काम कोषको बोर्डले गर्ने गर्दछ । 

कार्यक्रम स्वीकृत गरी स्थानीय तहसम्म पुर्याउन तथा कार्यान्वयनका लागि सहजीकरणको काम गर्न कोष बोर्डको परिकल्पना गरिएको हो । बोर्डमा संसारभरीका ३२ देशका ३२ जना सदस्य रहेका छन् । हरेक वर्ष आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको सम्मेलनमा अनुकुलन कोषको रकम र त्यसको परिचालनका विषयमा वृहत छलफल हुने गर्दछ । 

Post a Comment

0 Comments