Ticker

6/recent/ticker-posts

राष्ट्रिय सेवा दललाई अब देशभर विस्तार गरिने

काठमाडौ,फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सेवा दललाई विस्तार गरेर देशभरका विद्यालय तहसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला सरकारी कार्यालयहरुलाई समेत सेवा दलको तालिम बिस्तारका लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय सेवा दल एक स्वयमसेवक दस्ता हो जसलाई नेपाली सेनाले तालिम दिएर विपतको बेला आवश्यकताअनुसार परिचालन गर्दछ । राष्ट्रिय सेवा दल सिनियर डिभिजन १२ औं ब्याच अन्तिम दीक्षान्त कवाज कार्यक्रमलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भनेः‘ शैक्षिक क्यालेण्डरहरुलाई समेत असर नपर्ने गरी विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरुमा सञ्चालन गर्नुपर्ने यस किसिमको विशिष्ट प्रकृतिको तालिमको कठिनाई र सीमितताका बारेमा म पूर्ण जानकार छु । ती अवरोधहरुलाई चिर्दै यस तालिमको दायरालाई थप फराकिलो पार्ने सुविचारित र स्पष्ट योजनाहरुको कार्यान्वयनका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।’
७५ जिल्लामा तालिम बिस्तारका लागि सोहीस्तरको भौतिक पूर्वाधार जनशक्ति र बित्तीय स्रोतको आवश्यकता पर्ने भन्दै उनले सरोकारवाला निकायलाई तालिम बिस्तारका लागि प्रस्तावित योजनाहरुमा गम्भीरतापूर्वक कार्य गर्न गराउन निर्देशन दिए ।

Post a Comment

0 Comments