Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
संघीय गठबन्धनका संयोजक एंव संघीय समाजवादी फोरम नेपालका संयोजक उपेन्द्र यादवले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् । सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले भन्दै अध्यक्ष यादवले सरकारको विकल्प खोज्नु पर्ने आवश्यकता औल्याएका हुन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्पको संकेत गरेका हुन् ।
काठमाडौमा भएको एक कार्यक्रमलाई संवोधन गर्दै यादवले भनेः‘ मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको छ । यसको विकल्प खोज्नु पर्छ ।’
एमालेसँगको नजिकिँदो सम्बन्ध र सरकार परिवर्तनको सम्भावनाको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा यादवले उक्त कुरा बताएका हुन् । उनले एमाले आफूहरुको स्थायी सत्रु नभएको र राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको जनाए ।
यादवले मुलुकमा बेथिति बढेको र एनसेलसँग अर्बौं लाभकर उठाउन नसकेको, सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडौँ पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप समेत लगाए ।
यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भनेः‘ कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याइरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसदको चुनाव गर्नुपर्छ ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply