Ticker

6/recent/ticker-posts

काठमाडौ उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौ, फागुन ।
काठमाडौंको फर्पिङ, सतिखेलमा सोमबार ट्रिपरको ठक्करबाट स्कुटर चालककोे मृत्यु भएको छ । मत्यु हुनेमा नयाँबानेश्वरका २६ वर्षीय सरोज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाईते भएका उनको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको फर्पिङ प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा परी घाईते भएकी स्कुटरमा पछाडी सवार २६ वर्षीया विपना शाक्यलाई उपचारका लागि वीर अस्पताल ल्याईएको छ ।
बिहान सवा १० बजे बा ४ ख २९०७ नम्बरको ट्रिपरले बा ६० प ६८६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको बताईएको छ । दुर्घटना पश्चात् फरार रहेका ट्रिपर चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौं कै कलंकीमा सोमबारै भारतीय नम्बरको ट्रकमा मोटरसाईकल ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका–७ का ४२ वर्षीय राजु नकर्मीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते भएका नकर्मीको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।
बिहान पौने १० बजे कलंकीमा भारतीय नम्बरको ट्रकमा नकर्मीले चलाएको बा ६६ प १०१५ नम्बरको मोटरसाईकल पछाडीबाट ठोकिन पुगेको स्थानीय प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments