Ticker

6/recent/ticker-posts

रेखाको जवानी हेर्न अभिभावक चाहिने !

काठमाडौं, चैत ।   प्रदर्शनको अन्तिम तयारमिा जुटेको निमात्री कृषा चौलागाईँको चलचित्र पलाँसलाई सेन्सरबोर्डले एडल्ड सर्टिफिकेट दिएको छ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र पलाँस लिएर निमात्री चौलागाईले निकै लामो अन्तरालपछि आएकी हुन् । 

चलचित्र प्रदर्शनको अन्तिम तयारीमा रहेको भए पनि चलचित्रको कुनै रौनक भने देखिएको छैन । यही चलचित्रको भिडमा अपरिचित, धर्मयुद्ध पनि प्रदर्शनमा आउँदैछन् । 

रेखा थापा स्टारर फिल्म ‘पलाँस’ सेन्सर पास  त भएको भएको छ । तर फिल्मले एडल्ट प्रमाण पत्र पाएको छ । यस्तो प्रमाण पत्र प्राप्त फिल्मलाई १६ वर्ष भन्दा मुनिका बालबालिकाले हेर्न पाउने छैनन् । ‘संवादका कारण सेन्सर वोर्डले उक्त प्रमाण पत्र दिएको हो’ निर्मात्री कृषा चौंलागाईंले भनिन् ‘कुनै पनि संवाद तथा दृश्य भने काटिएको छैनन् ।’ फिल्ममा खलपात्रको भूमिकामा देखिएका कलाकार कामेश्वर चौरसियाले बोलेका केही संवादलाई लिएर सेन्सर एडल्ट प्रमाण पत्र दिएको हुनसक्ने उनले बताइन् । 

सुवास कोइराला निर्देशित फिल्ममा रेखा थापा, आयुव केसी र कामेश्र चौरसियाको मुख्य भूमिका छन् । अर्जुन पोखरेलले संगीत रहेको फिल्ममा सुसन प्रजापतीको सिनेम्याटोग्राफी छ ।रिलिजको पुर्व सन्ध्यामा फिल्म ‘पलाँस’ को ओएसटी रिलिज भएको छ । अभिनेता तथा गायक प्रदीप बाँस्तोलाले आफ्नै शब्द तथा संगीतमा ‘पलाँस’ को ओएसटी गाएका छन् ।

प्रदीप ‘अधकट्टी’का डेब्यू अभिनेता हुन् । रेखा थापा, आयुव केसी र कामेश्वर चौरसियाको मुख्य भूमिका रहेको फिल्म ‘पलाँस’ नारी प्रधान फिल्म हो । जसमा रेखा थापाको भूमिका फरक रहेको बताइएको छ । पलाँस निर्माण पक्षले चलचित्रको विज्ञापन नै ‘कृषाको लगानी रेखाको जवानी’ भनेर नारा नै बनाई प्रचार प्रसारलाई तीब्र बनाएको छ ।  

Post a Comment

0 Comments