Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत । 
एसीसी इमर्जिङ नेशन्सकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानको यू–२३ टोलीसँग ६ विकेटले पराजित भएको छ । बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानी टोलीका लागि इमाम उलहकले १०० रनको बनाए । उनले १३४ बलमा ८ चौका प्रहार गरे ।
नेपालका लागि नियमित कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीको अभाव खड्कियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट झारे भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले औषत प्रदर्शन गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १८० रन बनाएको थियो ।
सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहालेका थिए ।
ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे ।
त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १८ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका गुलाम मुदासारले ५ र उसामा मिरले २ विकेट लिएका थिए । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply