Ticker

6/recent/ticker-posts

वैशाख ३१ मै चुनाव गर्न प्रमुख चार दल प्रतिवद्ध

काठमाडौ, चैत ।
स्थानीय तहको चुनाव घोषित मिति वैशाख ३१ मै  गर्न प्रमुख चार दल प्रतिवद्ध भएका छन् । साथै मधेसी मोर्चालाई कसरी चुनावमा ल्याउन सकिन्छ भन्नेबारे छलफल थालेका छन् ।
नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपा शीर्ष नेताहरुबीच सोमबार विहान र साँझ गरेर दुई पटक भएको छलफलमा वैशाख ३१ को चुनाव मिलेर सम्पन्न गर्ने र निर्वाचन गरे वापत उत्पन्न हुने समस्याको पनि मिलेर नै सामना गर्ने समझदारी भएको छ ।
साथै मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्दै चुनावमा ल्याउन पहल गर्ने चार दलबीच समझदारी भएको छ । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले वैशाख ३१ को चुनाव कुनै हालतमा हुने भन्दै शंका नगर्न आग्रह गरेका छन् । सिंगो देश चुनावको समर्थनमा रहेका र तराई मधेसका जनता पनि चुनावको पक्षमा रहेका आफ्नो बुझाइ रहेको सुनाउँदै प्रधानमन्त्री दाहालले भनेः‘ निर्वाचन गर्नैपर्छ र म निर्वाचन गर्छु । मैले मधेसी मोर्चा र गठवन्धनका नेताहरुलाई पनि यहि कुरा भनेको छु ।’
प्रधानमन्त्री दाहालले सीमांकन हेरफेर अहिले सम्भव नभएको भन्दै बाँकी विषयलाई सम्बोधन गरेर अघि जान प्रस्ताव गरे । ‘अहिले सीमांकन अब यताउती गर्ने कुरा छैन ।

Post a Comment

0 Comments