Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन



काठमाडौँ, चैत १२ ।
सात दिने भ्रमणमा चीन जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा अन्तराष्ट्रिय लगानीको आह्वान गर्नुभएको छ । 
चीनको हेनान प्रान्तमा भएको एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले एसियाका लगानीकर्ताहरुलाई नेपालको जलविद्युत आयोजना, पूर्वाधार विकास र पर्यटनमा लगानी गर्न आग्रह गर्नु भएको हो । उहाँले नेपालको राजनीतिक उतार चढाव पछि अबको प्राथमिकता द्रूत आर्थिक विकासमा रहेको बताउनु भयो । एसियाका दुई उदयीमान अर्थतन्त्रको बीचमा रहेको नेपालको भूमिका प्रमुख रहने भन्दै नेपाल चीन र भारतको मात्र नभएर दक्षिण एसिया जोड्ने केन्द्रको रुपमा रहेको उहाँले बताउनु भयो । विश्वव्यापीकरण अर्थात लोबलाइजेसनले विश्वमा आर्थिक समृद्धि ल्याएको भएता पनि धेरै मानिसहरु यो समृद्धिबाट पछाडि छुटेको प्रधानमन्त्री दाहालले बताउनु भयो । उहाँले यसलाई सच्याउनका लागि अब एशियाली मोडेलको ग्लोबलाइजेशनको अभ्यास गर्नुपर्ने प्रस्ताव अघि सार्नु भयो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply