Ticker

6/recent/ticker-posts

आश्वामा किन लोभिए ठूला लगानीकर्ता ?

काठमाडौ, चैत ।
‘एप्लिकेशन्स सपोर्टेड बाइ ब्लक एमाउन्ट (आश्वा)’ प्रणाली प्रति ठूला लगानीकर्ताको तिब्र आकर्षण देखिएको छ। नेपाल धितोपत्र बोर्डले आश्वा प्रणाली लागु परेपछिको महत्वपुर्ण निस्कासन स्ट्यान्डर्ड चार्टर्ड बैंकको फर्दर पब्लिक अफरिङ (एफपिओ) मा यसको प्रभाव देखिएको छ।
निस्कासन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेका अनुसार ६५ प्रतिशत बढि लगानी आश्वा मार्फत भएको छ। तर, बहुसंख्यक लगानीकर्ताले भने आश्वा भन्दा पुरानै शैलीबाट आवेदन दिएका छन्।
घिमिरेका अनुसार एफपिओमा ३८ अर्ब २० करोड रुपैयाँको आवेदन भएकोमा २४ अर्ब ५१ करोड रुपैयाँ आश्वा मार्फत आएको छ। पुरानै शैलीमा फर्म भरेर १३ अर्ब ६ करोड रुपैयाँ बराबरको आबेदन परेको छ।
कुल लगानीको ६५ प्रतिशत हाराहारी आश्वा मार्फत आए पनि त्यसका लागि ८४ हजार ९०० मात्र आवेदन परेको छ। जबकी पुरानो शैली मार्फत १३ अर्बको लगानी हुँदा एक लाख ३८ हजार आबेदन परेको छ। यसले ठूला लगानीकर्ताले आश्वामाथि विश्वास गरेपनि साना लगानीकर्ताले अझै पुरानै प्रणाली पछ्याएको देखिएको छ।
लगानीकर्ताले ब्याजको समेत तुलना गरेका छन्। आश्वामा लगानी गर्न बचत खातामा पैसा राख्नु पर्ने हुन्छ। अधिकांश बैंकको साधारण बचतको ब्याजदर दुई प्रतिशत हाराहारी मात्र छ। आफ्नो खातामा पाउने भन्दा बिक्री प्रबन्धकले दिने ब्याजदर समेत धेरै भए पछि पुरानै शैलीमा आवेदन दिन अझ बल पुगेको लगानीकर्ताले भट्टराईले बताए।

Post a Comment

0 Comments