Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
नयाँ संविधानमा व्यवस्था अनुसार स्थानीय तहको मंगलबारबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आजदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटन गरेसँगै देशैभरका स्थानीय तहले सेवा थालेको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
उपमहानगरबाट ललितपुर महानगरपालिकामा परिणत गरिएको कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको कार्य प्रारम्भसँगै गणतन्त्रको उज्यालो जनता आफैंले अनुभव गर्ने गरी संस्थागत भएको दावी गरे । उनले योसँगै राजनीतिक परिवर्तनको ऐतिहासिक खुड्किला प्रारम्भ भएको पनि बताए ।
संविधान कार्यान्वयन र चुनावबाट सरकार पछि नहट्ने भन्दै प्रधानमन्त्री दाहालले आगामी वैशाख ३१ गतेको निर्वाचन सफल बनाउन सबै पक्षसँग आग्रह गरे ।
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मुलुकले राज्य संरचनामा महत्वपूर्ण फड्को मारेको बताए । प्रधानमन्त्री दाहालको हात बलियो बनाउन आफू सरकारमा सहभागी भएको भन्दै मन्त्री थापाले संविधानमार्फत् प्राप्त ऐतिहासिक उपलब्धिलाई रक्षा गर्दै निर्वाचनमा सहभागी हुन मधेशी नेताहरुलाई आग्रह गरे ।
स्थानीय पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई परिमार्जन गर्दै सरकारले देशभर ७ सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि चाहिने कर्मचारी व्यवस्थापन गरेको छ ।
महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रुपमा काम गर्नेछन् । ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका निर्धारण गरिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply