Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
सरकारले काठमाडौं निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने विकल्पबारे छलफल थालेको छ । फास्ट ट्र्याक निर्माणबारे अध्ययन गरिरहेको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले सेनालाई पहिलो प्राथमिकतामा राखेको छ । र, यसबारे रक्षा मन्त्रालयमार्फत सेनाको राय मागिएको छ ।
वित्तीय व्यवस्थापन सरकार आफैंले गर्ने गरी सेनालाई निर्माणको जिम्मा दिने मन्त्रालयको योजना छ । सेनामा एउटा संयन्त्र बनाएर व्यवस्थाको जिम्मा दिने कि भन्ने विकल्पमा छलफल गरिरहेको मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पनि सेनालाई दिनेसहितका विकल्पमा छलफल भइरहेको स्वीकार गरे । फास्ट ट्र्याकको ट्राक खोल्ने काम पनि नेपाली सेनाले नै गरेको थियो । अब सेनालाई नै निर्माणको जिम्मा दिने हो भने आयोजनामा राजनीति नहुने र समयमा काम हुने मन्त्रालयको बुझाइ छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply