Ticker

6/recent/ticker-posts

पदीय दायित्व पूरा गर्न तम्तयार छुः डिआईजी निरौला

विमानस्थलको प्रहरी प्रमुखबाट सरुवा भएर प्रहरी प्रधान कार्यालय योजना अन्वेषण माहाशाखामा पुगेका प्रहरी नायव महानिरिक्षक (डिआईजी) गोविन्द निरौलाले थप कडाइका साथ पेशाप्रति जिम्मेवार हुने बताएका छन् ।  

विमानस्थलमा ३३ किलो सुन पक्राउ प्रकरण नाम जोडिएकोमा दुःख लागेको बताउँदै आएका निरौलाले भने– ‘सुन काण्डमा मेरो संलग्नता देखाई दिनु भए म जे जस्तो सजाय भोग्न पनि तयार छु । मान्छेलाई बद्नाम गराउनु, उसको चरित्र हत्या गर्नु राम्रो होइन । राज्यले हामीलाई भन्सारको जिम्मा दिए हामी यस्ता तस्करलाई ठिक ठाउँमा ल्याउने छौं । गल्ती अरुले गर्ने बदनम मेरो गराउने ?’

उनले थपे– ‘बन्दुक, छुरी, खुकुरी आदि÷इत्यादि लगेर गए÷आए हाम्रो जिम्मा भित्र पर्दथ्यो । के के आयो कसरी आयो त्यो जिम्मा भन्सारको हो ।’ यसबीचमा छानविन टोलीले समेत सुन तस्करीमा काठमाडमौंका चार वटा सुन पसलको संलग्नता रहेको भन्ने कुरा बाहिर ल्याइसकेको छ । 

सुनकाण्ड कै विषयमा उनले भने– ‘कुनै पनि सूचना नआई हामीले समात्न सक्दैनौ । काग्रो र भन्सार हामी प्रहरीले हेर्न नै पाउदैनौ । हामीलाई अधिकार नै हुँदैन । जसलाई जे जिम्मेवारी दियो उसले त्यही काम गर्ने हो । कसको सामान आयो, भन्सार कति काट्ने, कानुन विपरितका समान आएको भए हामीलाई तत्कालै गुहार्ने जिम्मा भन्सारको हो हामीलाई झोला खोलेर हेर्ने अधिकार हुँदैन ।’

तस्करी रोक्नका लागि सुरक्षाको जिम्मामात्र नभएर भन्सारको अधिकार पनि प्रहरीलाई दिएमा केहीहदसम्म यस्ता तस्करीका घटना रोकिने उनले तर्क गरे । कामप्रति जिम्मेवार र पेशाप्रति प्रतिवद्ध निरौलाले अहिलेसम्म पदीय लोलुपताका लागि कोही कसैसँग सम्झौता गरेका छैनन् । 

सुन काण्डमा शंकाको घेरामा तानिए पनि आफ्नो सफल कार्यकाल सकेर त्यहाँबाट अन्वेषण महाशाखामा सरुवा भएका हुन् ।  महाशाखामा आएसँगै उलने आउन सक्ने चुनौती, सुरक्षा व्यवस्थामा उठ्न सक्ने सवाल र आफ्नो पेशागत जीवनमा पार्न सक्ने असरलाई बुझेर अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

Post a Comment

0 Comments