Ticker

6/recent/ticker-posts

ठुलो परिमाणमा गैँडाको खाग बरामद

बैंकक,चैत ।
थाइल्याण्डमा गैँडाका २१ वटा खाग स्थानीय प्रहरीले बरामद गरेको छ । इथियोपियाबाट पठाइएको झोलाको खानतलासी गर्दा गैँडाका २१ वटा खाग बरामद भएको हो । बरामद भएको खागको मूल्य ५० लाख अमेरिकी डलर भन्दा धेरै पर्ने सरकारी अधिकारीले बताएका छन् ।
थाइल्याण्डमा एकै पटक बरामद गरिएको यो अहिलेसम्मकै धेरै गैँडाको खाग भित्र पर्ने त्यहाँका अधिकारीको भनाई छ । थाइल्याण्डमा केही दिनअघि तीन सय किलो हात्तीको दारा पनि बरामद भएको थियो । थाइल्याण्ड वन्यजन्तुको अवैध चोरीशिकारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।
गैँडाका विभिन्न प्रजाति अहिले लोप हुने खतरामा रहेको र त्यसको मुख्य कारण खागका लागि हुने चोरीशिकार नै प्रमुख कारण रहेको संरक्षणकर्मीले बताएका छन् । प्रहरीले राजधानी बैंककको अन्तर्राष्ट्रिय विमानस्थलबाट खाग बरामद गरेको बिबिसीले जनाएको छ ।
इथियोपियबाट आएको विमानमा रहेको खागसहितको झोला निल भियतनाम र कम्बोडियाहुँदै दुई जना थाइ महिला बैंकक आएका थिए । झोला चेक गर्ने क्रममा ति महिला भागेको र झोलामा खाग भेटिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments