Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
एसिया कप छनौट अन्तर्गत नेपालले मंगलबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । मनिलाको रिजल मेमोरियल रंगशालमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
एएफसी सोलिडारिटी कपको उपाधि जितेकाले नेपालले एसिया कप छनौट खेल्ने अवसर पाएको हो । सन् २०१५ मा भारतसँग समग्रमा २–० ले हारेपछि नेपाल एएफसी सोलिडारिटी कप खेल्न गएको थियो । सोलिडारिटीको उपाधि जितेपछि नेपालले फेरि एसिया कप छनौटमा स्थान बनाएको हो ।
पछिल्ला ८ खेलमा अपराजित रहेको नेपाली टोलीलाई फिलिपिन्स यात्रा भने निकै कठिन हुने देखिएको छ । फिफा बरियतामा फिलिपिन्स नेपाल भन्दा ४६ स्थानमाथि छ । बरियतामा नेपाल एक सय ७० तथा फिलिपिन्स एक सय २४ औं स्थानमा छ । फिलिपिन्ससँगको नेपालको पछिल्लो अनुभव त्यति सहज नरहेकाले यो खेल नेपाली टोलीका लागि चुनौती रहने छ ।
फिलिपिन्ससँगका पछिल्ला तीन खेलमा सबैमा नेपाल पराजित भएको छ । खेलाडीसहित प्रशिक्षक ग्योटिक कोजुका लागि पनि यो खेल त्यती सजिलो हुने छैन । खेल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक कोजुले फिलिपिन्स बलियो टिम रहेको तर आफूसँग पनि सन्तुलित टिम भएकाले आशावादी रहेको बताए । खेलाडीले अपेक्षा अनुसार खेलेमा जित असम्भव नरहेको उनको भनाई छ ।
नेपाली टोलीका कप्तान विराज महर्जनले टिम लयमा रहेकाले सबै खेलाडी राम्रो नतिजाका लागि प्रयासरत रहेको बताएका छन् । फिलिपिन्सका कप्तान जेम्स योङहजब्याण्डले भने आफ्नो टिम नेपाली टोलीसँग सतर्क भएर खेल्ने बताए ।  फिलिपिन्सका प्रशिक्षक थोमस डोलीले नेपाली टोली अहिले धेरै सुधार भएकाले यसअघिको प्रदर्शनले कुनै अर्थ नराख्ने बताएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply