Ticker

6/recent/ticker-posts

आफ्नो पार्टीका कार्यकर्ता रिझाउन बजेट बाँड्दै प्रधानमन्त्री दाहाल

काठमाडौ,चैत ।
आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पमकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएका छन् ।
प्रधानमन्त्रीको ठाडो निर्देशनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्जानौँ खुद्रे टुक्रे कार्यक्रम बनाएर चितवनमा ७२ करोड ७१ लाख रुपैयाँ थप बजेट पठाइएको हो ।
स्थानीय विकास मन्त्रालयका एक अधिकारीका अनुसार यो रकममध्ये २६ करोड रुपैयाँ रकमान्तर गरेर थप बजेट नै उपलब्ध गराइएको छ । बाँकी सबै बजेट काम गरेपछि भुक्तानी दिने व्यवस्था अनुरुप पठाइएको हो ।

Post a Comment

0 Comments