Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाललाई हिन्दु राष्ट्र बनाउने कि धर्मनिरपेक्ष राष्ट्र कायम राख्ने भन्ने विषय जनमत संग्रहबाट टुंगो लगाउन प्रस्ताव गरेका छन् । आइतबारको कांग्रेस केन्द्रीय समिति बैठकमा खड्काले लिखित प्रस्ताव पेश गर्दै जनमत संग्रहको माग गरेका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी उनले पत्र लेखेका छन् र सो पत्रको विषयमा‘हिन्दु राष्ट्र नेपाल जनमत संग्रहद्वारा टुंगो लगाइयोस् भन्नेबारेमा’ उल्लेख छ । उनले भनेः‘महत्वपूर्ण हिन्दु राष्ट्रको विषयलाई विधिवत टुंगो लगाएर देशमा उत्पन्न तनाव र विवाद निरुपण गर्न उपयुक्त हुने मेरो ठहर छ ।’
हिन्दु राष्ट्रको रुपमा रहेको नेपाललाई बहुसंख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्मनिरेपक्ष तुल्याइँदासमेत नेपाली कांग्रेसको केन्द्रीय कायसमितिमा छलफल नभएको भन्दै खड्काले केन्द्रीय समिति बैठकमा पेश गरेको पत्रमा लेखेका छन्ः‘यस विषयमा स्वामित्व लिन नमिल्ने अवस्था रहेको वास्तविकता समेतलाई बिचार गरी पार्टी केन्द्रीय समितिको चालु बैठकमा छलफलका लागि प्रस्तुत गर्न माग गर्दछु ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply