Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ। निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए।
प्रवक्ता पोख्रेलले बिहीबार दोब्बर माग भएपछि आपूर्ति पनि बढाएको बताए।‘आइतबार, सोमबार र मंगलबार ३ लाख ५० हजारदेखि ४ लाख लिटरसम्म पेट्रोलको माग थियो,’ उनले भनेः‘बुधबार सार्वजनिक बिदाको दिन वितरण भएन । बिहीबार माग धेरै भएपछि ८ लाख लिटर पेट्रोल वितरण गरेका छौँ।’ थानकोट डिपोले बुधबार दिउँसोबाट लोडिङ थालेकाले साँझसम्म पम्पमा इन्धन पुगेको थियो ।
प्रवक्ता पोख्रेलका अनुसार बिहीबार बिहानैबाट उपभोक्ताको लाइन बढेपछि थानकोट डिपोले ८ लाख लिटर पेट्रोल र ९ लाख ५० हजार लिटर डिजेल वितरण गरेको थियो।
उपत्यकामा साझा सहकारी, सेना, प्रहरी र सशस्त्रले सञ्चालन गरेका पम्पमा बुधबार बिहानैबाट उपभोक्ताको लाइन लागेको थियो । सरकारी सवारीसाधनलाई इन्धन वितरण गर्नुपर्ने भएकाले यस्ता पम्पले निजीभन्दा बढी मौज्दात राख्ने गर्छन्। निगमले थानकोट डिपोमा ट्यांकर लोड थालेपछि सरकारी पम्पले मौज्दात इन्धन वितरण गर्ने गरेका कारण उपभोक्ताको भीड बढ्ने गर्छ। पुल्चोकको साझा सहकारीमा बुधबार बिहानदेखि मोटरसाइकल–स्कुटर र चारपांग्रे सवारीसाधनको बाक्लो लाइन थियो। उपत्यकामा सरकारी स्वामित्वको संस्थाका ८ वटा पम्प छन्। यी पम्पले निजीभन्दा दोब्बर परिमाण इन्धन वितरण गर्ने गर्छन्।
निगमले शुक्रबार उपत्यकामा सात लाख लिटर पेट्रोल वितरण गर्ने भएको छ। प्रवक्ता पोख्रेलले अमलेखगन्जमा पेट्रोल ७ लाख र डिजेल १४ लाख लिटर लोडिङ भइरहेको जानकारी दिँदै भनेः‘शुक्रबार पनि सामान्य अवधिभन्दा धेरै वितरण गरी अहिलेको लाइनलाई तत्कालै घटाउने प्रयत्नमा छौँ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply