Ticker

6/recent/ticker-posts

प्रधानमन्त्रीको चीन भ्रमण यसअघिका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण हुने

काठमाडौ, चैत ।
सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण यसअघि भएका सम्झौता कार्यान्वयनका लागि महत्वपूर्ण हुने दावी गरेको छ ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर भ्रमणमा नयाँ कुनै सम्झौता नहुने भए पनि यसअघि भएका व्यापार र पारवहन सम्झौता लगायत कार्यान्वयनका लागि भ्रमण फलदायी हुने बताएका हुन् । द्धिपक्षीय सम्बन्ध र सहायताका महत्वपूर्ण विषयमा गर्नुपर्ने तयारी पनि पूरा भैसकेको उनले जानकारी दिए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका राष्ट्रपति सि जिन पिङसँग भेट गर्नुका साथै उपप्रधानमन्त्रीसँग द्धिपक्षीय छलफल समेत गर्नेछन् । यस्तै दाहालले बोआओ मञ्चको उद्घाटन समाहरोह तथा बेइजिङ फरेन स्टडिज युनिभर्सिटिमामा सम्बोधन समेत गर्नेछन् ।

Post a Comment

0 Comments