Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बेइजिङ, चैत ।
चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भूपरिवेष्ठत मुलकलाई दिइने अधिकारका सम्बन्धमा गत वर्ष भएको पारवहन यातायात सम्झौता सर्वाधिक महत्वको भएको बताएका छन् ।
बेइजिङस्थित फरेन स्टडिज युनिभर्सिटीले आयोजना गरेको‘नेपाल–चीन सम्बन्धः वृद्धि तथा समृद्धिको दृष्टिकोण’ विषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पारवहन लगायत विगतका सम्झौतालाई कार्यान्वयनमा लैजाने धारणा व्यक्त गरेका हुन् ।
समृद्धिका लागि सम्पर्क सञ्जाल (कनेक्टिभिटी) सर्वाधिक महत्वको भएको बताउँदै उनले पूर्वाधार निर्माणका साथै ज्ञान र बौद्धिकतासँगै बजारलाई पनि एकआपसमा जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री दाहालले सडक, रेल, हवाई तथा वेबसँग संयोजित भएर आपसका समृद्धि साटासाट गर्न सकिने बताउँदै अन्तरदेशीय संपर्कलाई अझ विस्तार गर्न दुई देश बीचका अन्य सीमा नाकालाई पनि खोल्नुपर्नेमा जोड दिए । चीनका मुख्य सहरसँग काठमाडौँलाई हवाई मार्गमार्फत जोड्नुपर्ने भन्दै उनले चीन तथा नेपालबीचमा थप उडान आवश्यक रहेको बताए। चीनले अगाडि बढाएको‘एक क्षेत्र एक मार्ग’ अवधारणा सहकार्य र साझेदारीका लागि अपूर्व अवसर भएको बताउँदै राष्ट्रपति सि चिनफिङप्रति यसका लागि धन्यवाद व्यक्त गरे ।
प्राचीनकालमा प्रयोग भएको महत्वपूर्ण रेशम मार्गको नेपाल जानकार रहेको उल्लेख गर्दै उनले यो मार्ग एसियाको केन्द्रदेखि दक्षिण एसियाली क्षेत्रको आर्थिक विकाससम्मका लागि महत्वपूर्ण हुने बताए । सन् २०१४ मा सहमति जनाइसकेको ‘एक क्षेत्र एक मार्ग’ को अवधारणाबारेका कार्य अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री दाहालले उक्त अवधारणामा सम्झौता गर्न नेपाल तयार रहेको स्पष्ट पारे ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply