Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

मस्को, चैत ।
रुसका मूख्य विपक्षी नेता एलेक्से नाभाल्नी पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा प्रहरीले विपक्षी नेता नाभाल्नी पक्राउ गरेको हो । प्रत्यक्षदर्शीका अनुसार उनी राजधानी मस्कोमा भइरहेको प्रदर्शनमा सहभागी थिए । नाभाल्नीले रुसमा भ्रष्टाचार विरुद्ध अभियान चलाउँदै आएका छन् । मस्कोमा भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । सत्तामा रहेका व्यक्ति भ्रष्टाचारमा संलग्न भएको भन्दै नेता नाभाल्नीले अभियान चलाउँदै आएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री दिमित्री मेड्भेडेभ भ्रष्टाचारमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका छन् । आफू पक्राउ परे पनि भ्रष्टारचार विरोधी आन्दोलन गरिरहन आफ्ना समर्थकलाई नेता नाभाल्नीले आग्रह गरे ।
उनले आफू पक्राउ पर्नुमा राजनीतिक पूर्वाग्रह रहेको दावी गरे । प्रहरीले अन्य पाँच सय जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । तर अधिकारकर्मीले भने सात सय जना पक्राउ परेका बताएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply