Ticker

6/recent/ticker-posts

सत्तारुढ दल राप्रपा निर्वाचन आयोग विरुद्ध सडक संघर्षमा

काठमाडौ, चैत ।
निर्वाचन आयोगले राप्रपाको विधानबाट‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हटाउने निर्णय गरेको भन्दै सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनदेखि सडकसम्म संघर्षका कार्यक्रम घोषणा गरेको छ । निर्वाचन आयोगले यो निर्णय नसच्याए चुनावसमेत बिथोलिन सक्ने राप्रपाले चेतावनी दिएको छ ।
राप्रपाले निर्वाचन आयोगको निर्णयको प्रतिक्रिया स्वरुप संविधानबाट धर्मनिरपेक्षता हटाउन र हिन्दु राष्ट्र राख्न माग गर्दै व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसमेत गरेको छ ।
शनिवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रिय समितिको आकस्मिक बैठकले निर्वाचन आयोगको उक्त निर्णय विरुद्ध सडक तथा सदन संघर्ष गर्ने निर्णय गरेकोहो । धर्म निरपेक्षताको खारेजी र हिन्दुराष्ट्र स्थापनाको माग गर्दै संविधान संशोधन प्रस्ताव समेत छिट्टै पेश गर्ने राप्रपाले जनाएको छ ।
बैठकले तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरेको छ । यस अनुसार चैत ७ गते जिल्ला सदरमुकाममा जुलुससहित जिल्ला निर्वाचन कार्यालय गएर ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरिएको छ । काठमाडौंका निर्वाचन कार्यालय बहादुर भवनमा धर्ना र ज्ञापनपत्र दिने निर्णय पनि राप्रपाले गरेको छ ।
निर्वाचन आयोगको निर्णयविरुद्ध राप्रपाले अदालतको ढोका समेत ढक्ढकाउने निर्णय गरेको छ ।

Post a Comment

0 Comments