Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
गुणस्तरिय औषधि सुपथ मुल्यमा सबै नेपालीको पहुँचमा पुर्याउने उद्धेश्यले औषधि आयात व्यवसायीहरु मिलेर नेपाल औषधि आयातकर्ता संघ स्थापना गरेका छन् । औषधि आयातकर्ताहरुको लागि औषधि आयातकर्ताहरुले नै एउटा स.स्था खोल्नुपर्ने आवश्यकतालाई महसुस गरेर नेपाल औषधि आयातकर्ता संघ स्थापना भएको औषधि आयात व्यवसायीहरुले बताएका छन् ।
काठमाडौमा आयोजना गरिएको एक भव्य समारोहबीच स्वास्थ्यमन्त्री गगन थापाले संघको शुभारम्भ गर्नुभएको हो । संघलाई औपचारिक रुपमा शुभारम्भ गर्दै मन्त्री थापाले गुणस्तरीय औषधि नागरिकको अधिकार भएकाले गुणस्तरमा कुनै सम्झौता हुनैनसक्ने बताए ।
उनले भनेः‘औषधिमा सम्झौता गर्न सकिन्न् । यो जीवनसँग जोडिएको छ, गुणस्तर, सर्वसुलभ र सस्तो औषधि जनताले पाउनुपर्छ ।’
उनले गुणस्तरीय, सर्वसुलभ र जतिसक्यो सस्तो औषधि नागरिकसम्म पुर्याउने र सुनिश्चित गर्ने आफ्नो उद्देश्य रहेको भन्दै विरामी सहज सेवा दिन औषधि पसल २४ सैं घण्टा खुल्ला हुनुपर्नेमा जोड दिए ।उनले औषधि बाहिर देशबाट जुन मुल्यमा ल्याएको हो त्यही मूल्य नेपाली नागरिकले पाउनुपर्ने बताए ।
औषधि व्यवसायीलाई संरक्षण र सहयोग गर्ने दायित्व स्वास्थ्य मन्त्रालयको हो भन्दै मन्त्री थापाले विना झन्झट व्यवसाय गर्ने वातावरण सरकारले सिर्जना गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा औषधि आयातकर्ता संघका महासचिव पवनराज आचार्यले स्वास्थ्य र औषधि व्यवस्था विभाग तथा औषधि व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए ।उनले भनेः‘ हामीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । तर, स्वास्थ्य विभागले हामीसँग सल्लाह नगरीकनै कार्यविधि जारी गरेको छ । यसमा हाम्रो असन्तुष्टि छ ।’ महासचिव आचार्यले देश र जनताका लागि सर्वसुलभ, गुणस्तरीय र सस्तो औषधि दिने उद्देश्यका साथ नेपाल आयातकर्ता संघको स्थापना भएको जानकारी दिए ।
कार्यक्रममा भारत र बंगलादेश राजदूतावासका अधिकारी, औषधि व्यवसायी, चम्बर अफ कमर्सका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
नागरिकलाई सर्वसुलभ, गुणस्तरीय र सस्तो औषधि उपलब्ध गराउने उद्देश्यका अञ्जन पुडासैनीको अध्यक्षतामा स्थापना भएको औषधि आयातकर्ता संघको उपाध्यक्षमा शम्भु कार्की रहेका छन् । महासचिवमा पवन आचार्य, कोषाध्यक्षमा सुशान्त मुरारका रहेका छन् ।
संघको सदस्यमा पृथ्वीराज वैद्य, सुशील दाहाल, दिपेनमान श्रेष्ठ रहेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply