पछिल्लो समय आएर घोडेजात्रालाई नेपाली सेनाले पनि सैनिकमञ्च टुँडिखेलमा विशेष रुपमा मनाउन थालेको छ । यो वर्षको घोडेजात्रामा पनि नेपाली सेनाले गत वर्षमा झै टुँडिखेलमा अश्वकला प्रदर्शन ग¥यो । सेनाले टाँगन घोडा दौड, चार्जर घोडा दौड, ग्रुप टेण्ट पेगिङ, लान्स हिट प्याक शो जम्प, हंगेरीयन पोष्ट, फायर जम्पलगायत विभिन्न २१ किसिमका अश्वकला प्रदर्शन गरेको थियो ।
सैनिक मञ्चमा सेनाको अश्वकला हेर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीश, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च अधिकारी सैनिकमञ्च पुगेका थिए । विशिष्ट व्यक्तिहरु मात्रै होइन सर्वसाधारणले पनि घोडेजात्रालाई अवलोकन गरेका थिए ।
0 Comments