Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


नुवाकोट, चैत १२ ।
शुक्रबार राती आएको हावाहुरी र असिना पानीले नुवाकोटको जनजीवन प्रभावित बनाएको छ । राति ८ बजे देखिदेखि सुरु भएर दुई घण्टा भन्दा बढी चलेको हावाहुरीले भूकम्प प्रभावितहरुको अस्थायी आवास उडाएको छ । अकस्मात आएको हावाहुरीले अस्थायी आवास छाएको छाना र जस्तापाता बेरेर बनाएको टहराहरु उडाइदिएको छ । असिना सहितको पानीले प्रभावितहरुलाई सुरक्षित स्थानमा बसोबास गर्नबाट समेत वञ्चित गराएको छ । बासस्थानको छाना उडाएपछि पीडितहरुले परिरहेका पानीमा भिजेर कष्टपूर्णरुपमा खुला आकाशमा रात कटाएका छन् । हावाहुरीले भूकम्प प्रभावितहरुको अस्थायी बासस्थानको छाना उडाउने, अस्थायी टहराहरु भत्काउने, काटने समय भएको गहुँ, तोरी लगायतका अन्नबाली र तरकारी खेतीमा असिना पानीले क्षति पु-याएको छ । जिल्लाका सबै स्थानमा हावाहुरी र असिना पानीले निजी आवास सहित, विद्यालयहरुको छाना उडाएको छ । ठूलो वेग सहित आएको हावाहुरी, असिनापानी र चट्याङले पु¥याएको क्षति विवरण संकलन हुन बाँकी रहेको नुवाकोट प्रहरी प्रमुख देवबहादुर बोहराले जानकारी दिनुभयो । दुई सय ग्रामसम्मको असिना र हुरी बतास सहित परेको पानीले किसानहरुले लगाएको गहुँ, तोरी, तरकारी खेतीलाई क्षति पु-याएको छ । तरकारी खेती गर्ने किसानहरुको टनेल उडाउदै ठूलो रकमको बीउ, बिजन नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानका किसानको अन्नबाली र तरकारी, फलफुल खेतीमा क्षति पुगेकाले त्यसको लगत संकलन गरी राहतको लागी पहल गर्ने जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डाक्टर कमलराज गैरेले बताउनुभयो । हावाहुरीले विद्युतीय खम्बा र तारहरुमा पनि क्षति पु-याएपछि जिल्लाका विभिन्न वस्तीमा विद्युत सेवा समेत अबरुद्ध भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply