Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ,फागुन ।
नेपालका लागि भारतले नयाँ राजदूतमा मन्जिवसिंह पुरीको नाम सिफारिस गरेको छ । भारतीय विदेश मन्त्रालयले पुरीको नाम सिफारिस गरेको हो ।
भारतीय राजदूत रणजीत रायले बुधबार आफ्नो तीन वर्ष ६ महिना लामो कार्यकाल पूरा गरेकै दिन भारतले पुरीको नाम राजदूतका लागि सिफारिस गरेको हो ।
भारत सरकारले पठाएको नामको एग्रिमो नेपाल सरकारले स्वीकृत गरेपछि पुरी राजदूत भएर काठमाडौं आउनेछन् ।
सन् १९५९ मा जन्मिएका पुरीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । पुरी भारतका लागि युरोपियन युनियन, बेल्जियम र लक्जेमवर्गका राजदूत भएका थिए ।
भारतीय परराष्ट्र सेवामा सन् १९८२ ब्याचका पुरीले संयुक्त राष्ट्रसंघका लागि भारतका उप–प्रतिनिधिकोरुपमा समेत काम गरिसकेका छन् ।
उनले भारतीय सेक्युरिटी काउन्सिलको वरिष्ठ सदस्यकोरुपमा समेत २०११ देखि २०१२ सम्म काम गरेका थिए । उनीसँग विभिन्न देशका नियोगमा रहेर काम गरेको अनुभव छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply