Ticker

6/recent/ticker-posts

अमेरिकाद्वारा आठ देशका विमानबाट ल्यापटप र ट्याब्लेट ल्याउन प्रतिबन्ध

एजेन्सी, चैत ।
अमेरिकाले आठ मध्यपूर्वी तथा उत्तर अफ्रिकी राष्ट्रका उडानबाट आउने लगेजमा ल्यापटप, ट्याब्लेट जस्ता विद्युतीय उपकरणहरु ल्याउन प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यो प्रतिवन्धले १० वटा विमानस्थलमा सञ्चालन हुने नौ वटा एयरलाइन्सहरु प्रभावित हुनेछन् ।
गुप्तचर निकायद्वारा विभिन्न देशबाट संकलित सूचनाका आधारमा यो कदम चालिएको बताइएको छ । प्रतिवन्धित उपकरणहरुमा ल्यापटप, ट्याब्लेट, क्यामरा, डिभिडी प्लेयर र इलोक्ट्रोनिक गेमलगायत रहेका छन् । यद्यपि मोबाइल फोन र स्मार्ट फोनहरु भने लैजान पाइनेछ ।
यस बारेमा अमेरिकाको आधिकारीक निकायले कुनै प्रतिक्रिया दिएको छैन तर मंगलबार औपचारिक घोषणा गर्ने अनुमान गरिएको छ ।
गत फेबु्रअरीमा दुबईमा रहेको बिमान कम्पनी डाल्लोले सञ्चालन गर्ने एउटा बिमान सोमालीको राजधानी मोगाडिसुबाट टेकअफ गरेलगत्तै विष्फोट भएको थियो । पछि अनुसन्धानकर्ताहरुले बिमानमा चढेका एक यात्रुले ल्यापटप बम बोकेको पत्ता लगाएका थिए । सो विष्फोटपछि पनि पाइलटले बिमानलाई जमीनमा अवतरण गराउन सफल भए, जसमा बम बोक्ने व्यक्तिको मात्रै मृत्यु भएको थियो ।
पछि अल–कायदासँग जोडिएको इस्लामिक लडाकु समूह अल–शबाबले सो ल्यापटप बमको जिम्मेवारी लिएको थियो, जसले अमेरिकी गुप्तचर निकायहरुलाई चिन्तित तुल्याएको छ ।
रोयल जोर्डानियन एयरलाइन्सले सोमबार एक ट्विट गर्दै यात्रुहरुलाई उत्तर अमेरिका जाने र आउने आफ्ना उडानहरुमा अधिकांस विद्युतीय उपकरणहरु बोक्न प्रतिवन्ध लगाइएको जनाएको छ ।

Post a Comment

0 Comments