Ticker

6/recent/ticker-posts

एसओएस वालग्रामका केटाकेटीसंग चित्रकला गोष्ठी

भक्तपुर, चैत । एसओएस वालग्राम सानोठिमी तथा वालग्राम अन्तर्गत रहेको चित्रकला तथा सेरामिक तालीम केन्द्रको संयुक्त आयोजनामा वालग्रामका केटाकेटीहरुलाई सहभागी गराई एकदिने चित्रकला कार्यशाला आयोजना गरिएको छ । 

कुनैपनि काम गर्दा त्यसको अन्त्य हुन्छ भन्ने सोच नराख अर्थात "Don't start with end in mind" भन्ने नाराका साथ शुरु भएको सो चित्रकला गोष्ठीमा सानोठिमी वालग्रामका आयोजना निर्देशक खगेन्द्र कुमार नेपालले गोष्ठीको आवश्यकता र महत्वमाथि जोड दिनुभएको थियो भने चित्रकला तथा सेरामिक तालीम केन्द्रका एवम कार्यशलाका संयोजक प्रमुख राजन खडकाले यस्ता चित्रकला कार्यशालाले विद्यार्थीमा अन्तरनीहित चित्रकारितालाई प्रष्फुटन गर्ने बताउनुभयो ।

बेल्जियमको ब्रसेल्सबाट आएकी पशिद्ध अन्तर्राष्ट्रिय कलाकार क्यारोल भ्याण्डरलिण्डीन तथा अन्तराष्ट्रिय चित्रकार ल्याउने संस्था काठमाण्डौ ट्रिनालेकी चित्रकार सिसिलिया राणाले कार्यशालामा केटाकेटीहरुलाई चित्रकारिता सिकाएका थिए । 

वालग्रामको सानोठिमी, काभ्रे तथा युवाग्रम कोटेश्वर तथा हर्मन माइनर विद्यालयमा अध्ययन गरिरहेका ३० जना साना चित्रकारहरुको सहभागिता रहेको सो गोष्ठीमा उनीहरुलाई वालग्रामको बगैचामा बसेर चित्र बनाउन लगाइएको थियो । काठमाण्डौ ट्रिनालेका चित्रकार सिसीलिया राणाले कार्यशालमा सघाएकी थिइन । कार्यशालाका क्रममा केटाकेटीले तयार गरेका चित्रहरु केही दिनमै प्रदर्शन गरिने चित्रकला तथा सेरामिक तालीम प्रमुख राजन खडकाले बताउनुभयो ।

Post a Comment

0 Comments