Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी,चैत ।
विश्वकप २०१८ को छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले प्रभावशाली जित दर्ता गरेको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई ३–० ले हराएको हो । ब्राजिलको जितमा फिलिप कोन्टिन्हो, नेइमार र मार्सेलोले गोल गरे ।
३४ औं मिनेटमा कोन्टिन्होले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा ब्राजिलले थप दुई गोल ग¥यो । ६४ औं मिनेटमा नेइमाले ब्राजिलको अग्रता दोब्बर पारे । ८५ औं मिनेटमा मार्सेलोले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो ।
जितपछि शीर्ष स्थानको ब्राजिलको १४ खेलबाट ३३ अंक भएको छ । ब्राजिलले विश्वकप २०१८ को छनौट अन्तर्गत अहिलेसम्म भएका १४ खेलमा १० खेल जितेको छ । तीन खेलमा बराबरी गरेको ब्राजिल एक खेलमा मात्रै पराजित भएको छ ।
यसअघि भएका खेलमा चिलीले भेनेजुएलालाई ३–१ तथा कोलम्बियाले इक्वेडरलाई २–० ले हरायो । लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिना भने बोलिभियासँग २–० ले पराजित भएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply