Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

– बलराम प्यासी 
ललितपुर– पुर्व प्रधान सेनापति रुक्मांगद कटुवालले नेपालमा गरीव जनता उपचारको नाउँमा एउटा सिटामोल पनि नपाई अकालमा मर्ने गरेको तर धनी नेताहरुलाई भने राज्यको ढुकुटीबाट उपचार खर्चको नाउँमा करोडौं रुपैयाँ बाँडिनु विडम्वना भएको बताउनुभएको छ । 
उहाँले गरीव जनतालाई लटरपटर, राजनैतिक दलमा पहुँच भएकालाई बटर र राज्यको ढुकुटीको दुरुपयोग गर्दै उपचारको नाऊँमा युरोप अमेरिका पुग्ने नेतालाई क्रिम भनेर चित्रण गर्दै भन्नुभयो—‘लटरपटर स्वदेशमै उपचार नपाएर मर्छन, बटरहरु उपचार गर्न भारत र बैंकक पुग्छन भने क्रिमजति उपचारको लागि युरोप, अमेरिका, नभए जापान जिन्दाबाद !’ 
आफ्नो नीजिसम्पत्ति प्रशस्त भएका पुर्व राष्ट्रपति डा.रामवरण यादव, नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालादेखि एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्रका नेता र विशिष्ट भनाउँदाहरु प्रति लक्षित थियो पुर्व प्रधान सेनापति कटुवालको भनाइ । 
नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरले विश्व क्यान्सर महिनाको अवसरमा पत्रकारहरुका लागि मंगलबार आयोजना गरेकोे अन्तरसंवाद कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै पुर्व प्रधान सेनापति कटुवालले अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीले नम्र र सरल भाषामा कुरा र उपचार गर्दा विरामीका आधा रोग निको हुने पनि बताउनुभयो । 
उपचारको नाउँमा हरेक वर्ष देशको करोडौ रुपैयाँ विदेसिई रहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले नेपालमा पनि राम्रा र सुविधासम्पन्न अस्पतालहरु सञ्चालनमा रहेको र खुल्ने क्रममा रहेको बताउनुभयो । राम्रा अस्पताल र उनीहरुले दिने सेवा सुविधा पाउनसके उपचारका लागि आत्तिएर विदेश जान नपर्ने उहाँको भनाई थियो ।

उपचारका लागि विदेशिनु नपर्ने क्यान्सर अस्पतालको दावी 
हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले सो अस्पताल जुनसुकै क्यान्सरको निदानका लागि प्रयोगशाला, रेडियोथेरापीदेखि क्यान्सरको सरल र सुलभ उपचारका लागि दक्ष र सक्षम भएको जनाउँदै अब क्यान्सरको उपचारको लागि कुनैपनि नेपाली विरामीले भारत र विदेशका अस्पतालमा भौँतारिँदै लाखौं रुपैयाँ खर्च गर्न नपर्ने प्रष्ट पारेको छ । 

सञ्चारकर्मी र उनीहरुका परिवारका लागि अस्पतालले शुरु गरेको ‘क्यान्सर सहुलियत उपचार कार्ड’ वितरण एवम् क्यान्सर जनचेतना एवम् अन्तरसंवाद कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले विगतको तुलनामा नेपालमा पनि स्तरीय क्यान्सर अस्पताल खुलिसकेकोले उपचारको लागि विदेशिनु नपर्ने बताउनुभएको हो ।

नेपाल क्यान्सर अस्पताल अहिले अत्याधुनिक सुविधा सम्पन्न भईसकेको उल्लेख गर्दै उहाँले सो अस्पतालले नीजि अस्पतालभन्दा सस्तोमा सेवा दिइरहेको र अस्पतालमा आएका कुनैपनि विरामीले पैसाको कारण उपचारबाट वञ्चित हुन नपरेको दावी गर्नुभयो । सरकारले तोके अनुसार १० प्रतिशत शैय्या निःशुल्क छुट्याउनुको साथै अन्य गरीव र असहाय विरामीको उपचारका लागि सहयोग गर्ने अस्पतालमा च्यारिटी संस्था रहेको पनि बताउनुभयो । कार्यकारी अध्यक्ष डा.श्रेष्ठले गरीवको उपचारको लागि अस्पतालको सो च्यारीटी कोषमा सहयोग गर्न इच्छुक दातासंग आग्रह पनि गर्नुभयो ।  

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा.बिजेशराज घिमीरे, रेडिएशन अंकोलोजी विभाग प्रमुख डा.गिशुपनिख प्रसिको, रेडिएशन अंकोलोजिष्ट डा.अम्बुज कर्ण, प्रयोगशाला विभाग प्रमुख डा.हरिप्रसाद ढकाल, भिजिटिंग कन्सल्टयाण्ट डा. भि.विल्को तथा डा.यशोवद्र्धन प्रधानले अस्पतालमा उपलब्ध रोग निदान तथा उपचार सेवाको बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा उपस्थित ३ दर्जन पत्रकार तथा उनीहरुका परिवारका लागि क्यान्सर सहुलियत उपचार कार्ड वितरण गरिएको थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply