Ticker

6/recent/ticker-posts

गृह मन्त्रालयले ठाडो आदेशमा चार अर्बको गाडी किन्दै

काठमाडौ, चैत ।
म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौ बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यससम्बन्धी ठाडो प्रस्ताव मन्त्रिपरिद् लैजाने तयारी गरेको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनावी सुरक्षा चुनौती सामना गर्न चार अर्ब रुपैयाँको गाडी किन्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएकोमा अनावश्यक भन्दै अस्वीकार गरेपछि सिधै मन्त्रिपरिषद् लैजाने तयारी गरेका हुन् ।
गृहस्रोतका अनुसार सत्ता गठबन्धनको प्रमुख हिस्सेदार नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरिरहेका निधिको प्रस्ताव मन्त्रिपरिषद् पुगे नरोकिने विश्वासमा निधि छन् ।
वैशाख ३१मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्ट्रिले चुनौतीपूर्ण रहको भन्दै गृहले दुई साताअघि ७५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने र करिब एक हजार पाँच सय नयाँ सवारीसाधन किन्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएको थियो ।

Post a Comment

0 Comments