Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई अप्ठ्यारो पार्ने अडानलाई त्यागेर चुनावमा जान सबै दलहरुलाई आग्रह गरेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो अधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै देउवाले ढिलोचाँडो मधेसवादी दलहरु पनि चुनावका लागि सहमत हुने विश्वास व्यक्त गरे ।
उनले मुलुकको दिगो विकासमा प्राज्ञिक वर्गको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले मुलुकमा रहेका विश्वविद्यालयहरुलाई अझैपनि व्यवस्थित र समयानुकूल वनाउन नसकिएको बताए । उनले विश्वविद्यालयको पछिल्लो अवस्थाप्रति ध्यान दिन सरकारसँग आग्रह गरे ।
कार्यक्रमका सहभागी प्राध्यापकहरुले नेपालको पछिल्लो विश्वविद्यालयहरुको अवस्था र संघको आगामी नेतृत्वले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो भनाइ राखेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply