Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
नयाँ शक्ति पार्टी नेपालले निर्मल भट्टराईसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ । पार्टी हित र मूल्य मान्यता विपरित गतिविधि गरेको भन्दै नयाँ शक्तिले केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टी सदस्य समेत नरहने गरी निस्कासन गरेको हो ।
पार्टी हित विपरित गतिविधि गरेको र सोधिएको स्पष्टीकरण समेत दिन नमानेकाले निस्कासन गरिएको प्रवक्ता खिमलाल दवकोटाले जनाएका छन् । स्थानीय चुनाव रोक्न माग गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर संयुक्त वक्तव्य जारी गरेपछि निर्मल भट्टराई समूह असन्तुष्ट बनेका थिए ।
एमाले नेता झलनाथ खनालका पूर्व पीए भट्टराई माओवादी हुँदै नयाँ शक्तिमा गएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply