Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
सरकारले भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका मोरङका बासुदेव साहको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले साहको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गर्नुभएको हो ।
उपप्रधानमन्त्री निधिले साहका परिवारलाई सोमबार क्षतिपूर्ति रकम उपलब्ध गराउने छन् । २०६७ सालको जेठ ११ गते मोरङको खयरवनामा भारतीय सुरक्षाकर्मी एसएसवीले हानेको गोलीले साहको ज्यान गएको थियो । तस्करलाई पक्रन भन्दै नेपाली भूमिमा छिरेर भारतीय सुरक्षाकर्मीले गोली चलाएका थिए । १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भए पनि साहलाई शहीद घोषणा गर्ने गर्नेबारे सरकारले निर्णय गरेको छैन ।
यसबारे मन्त्रीपरिषद बैठकले निर्णय गर्नुपर्ने तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देश बाहिर भएकाले यसबारे निर्णय हुन नसकेको गृहमन्त्रालय जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply