Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, चैत ।
विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार बिहान भएको खेलमा मेक्सिको र अमेरिका विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा मेक्सिकोले कोस्टारिकालाई २–० ले हराएको हो । मेक्सिकोको जितमा दुवै गोल पहिलो हाफमा भएको हो । सातौं मिनेटमा हर्नान्डेजले गोल गर्दै मेक्सिकोलाई सुरुवाति अग्रता दिलाए । ४५ औं मिनेटमा टेस्टोर अर्उजोले गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा दुवै तर्फबाट गोल सुन सकेन र मेक्सिको २–० ले नै विजयी भयो ।
अर्को खेलमा अमेरिकाले होन्डुरसलाई ६–० ले हराएको हो । अमेरिकाले पहिलो र दोस्रो हाफमा समान तीन तीन गोल गरेको हो । अमेरिकाका क्लिन्ट डेम्पसीले ३२, ४९ र ५४ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । त्यसअघि पाँचौं मिनेटमा सेबास्टिएन लेटगेटले गोल गरेका थिए । यस्तै २७ औं मिनेटमा माइकल ब्राडली तथा ४६ औं मिनेटमा पुलिसिकले गोल गरेका थिए । अरु खेलमा ट्रिनिडाड एण्ड टोबागोले पानामालाई १–० तथा न्युजिल्याण्डले फिजीलाई २–० ले हरायो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply