Ticker

6/recent/ticker-posts

नेपाल र केन्याबीच हुने क्रिकेटको टिकट बिक्री रोकियो

काठमाडौ, फागुन ।
विश्व क्रिकेट लिग अन्तर्गत शनिबार केन्याविरुद्ध हुने खेलको टिकट बिक्री इ–सेवाले बन्द गरेको छ। ११ हजार दुई सय टिकट बिक्री गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि)को आग्रहमा टिकट बिक्री बन्द गरिएको इ–सेवाले जनाएको छ।
शुक्रबार दिउँसो विज्ञप्तिमा इ–सेवाका कार्यकारी अधिकृत अस्गर अलीलाई उदृत गर्दै शनिबार हुने खेलका लागि टिकट बिक्री रोकिएको उल्लेख गरिएको छ।
सोमबार हुने दोस्रो खेलका लागि पनि सिमित टिकट बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ। विश्व क्रिकेट लिगमा शनिबार र सोमबार नेपाल र केन्याबीच खेल हुँदै छ। यी दुवै खेलको टिकट बिक्री गर्ने जिम्मा इ–सेवाले पाएको छ।
यसअघि यही प्रतियोगिता अन्तर्गत किर्तिपुर मैदानमा भएको नेपाल र नामिबिया बिचको खेलको टिकट पनि इ–सेवाले नै बिक्री गरेको थियो।

Post a Comment

0 Comments