Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, चैत ।
सताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री दाहालले चीन भ्रमण सफल भएको बताएका छन् । प्रधानमन्त्री दाहालले चीनले नेपालमा चुनाव सम्पन्न होस भन्ने चाहेको जानकारी दिए । उनले अब पनि चुनाव हुँदैन कि भन्ने प्रश्न नगर्न आग्रह गरेका छन् । साथै उनले मधेसी मोर्चासमेतको सहभागितामा स्थानीय चुनाव हुने दाबी गरे । प्रधानमन्त्री दाहालले  सहमति भएका विषयमा अहिले र नभएका विषयमा केन्द्रीय चुनाव अघि संविधान संशोधन गरिने बताए ।
उनले भनेः‘ आफुले चीन जानु अघि नै सहमति गर्न चाहेको र कार्यदललाई सबै डकुमेन्ट तयार पार्नुस् । आएपछि एउटा बैठक गरेर टुंग्याउनुपर्छ भनेको थिएँ, मलाई विश्वास छ, मधेसी मोर्चाका साथीहरु पनि चुनावमा आउनुहुन्छ र उहाँहरुको समेत सहभागितामा चुनाव हुन्छ ।’
चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ रेल लुम्बिनीसम्म ल्याउन र तातोपानी नाका सुचारु गर्न आग्रह गरेका थिए ।
सोमबार बेइजिङमा चिनियाँ राष्ट्रपतिको भेटपछि दाहालले मंगलबार तिब्बतका चिनियाँ कम्यिुनिस्ट पार्टी प्रमुख वु यिङजेइसँग भेटवार्ता गरेका थिए । सो क्रममा वुले चीनले तातोपानी नाका खुलाउनका लागि सडक सुधार गर्ने तयारी गरिरहेको जानकारी गराएका थिए ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बोआओ सम्मेलनलाई सम्बोधन गरेका थिए । नेपाली भ्रमण टोलीले चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री दाहालको नेतृत्वमा नेपाली उच्चस्तरीय टोली चैत १० गते चीन गएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply