Ticker

6/recent/ticker-posts

गाउँपालिका कार्यालय स्थापना गर्न नदिने महतोको चेतावनी

रौतहट, चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले स्थानीय तहअन्तर्गतको नगरपालिका र गाउँपालिकाको कार्यालय स्थापना गर्न नदिने चेतावनी दिएका छन् । उनले स्थानीय तहको निर्वाचन समेत हुन नदिने चेतावनी दिएका छन् । सरकारको समर्थन फिर्ता लिएको मोर्चाले हालै सरकारविरुद्ध
‘असहयोग आन्दोलन’ गर्ने घोषणा गरिसकेको छ । अध्यक्ष राजेन्द्र महतोले मधेसमा गाउँपालिका कार्यालय स्थापना गर्नै नदिने बताए । उनले भनेः‘मधेसमा कुनै पनि हालतमा स्थानीय तहअन्तर्गतको गाउँपालिकाको कार्यालय स्थापना एवं सञ्चालन हुनै दिँदैनौं ।’
५१ प्रतिशत जनसंख्या रहेको मधेसमा २५ प्रतिशतमात्र गाउँपालिका र नगरपालिका दिएर सरकारले वर्षौं वर्षको विभेदलाई निरन्तरता दिएको महतोको भनाइ छ । सरकारले स्थानिय तहको निर्वाचनको तयारी गरिरहँदा महतोले भने देशमा कुनै पनि निर्वाचन हुन नसक्ने दाबीसमेत गरे ।

Post a Comment

0 Comments