Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौ, फागुन ।
कुनै बेला धनी र बुढाबुढीलाई मात्र लाग्ने रोगका रुपमा चिनिने मधुमेह पछिल्लो समय युवापुस्तामा समेत तिव्र रुपमा बढिरहेको यस क्षेत्रका विज्ञहरुले जनाएका छन् । काठमाडौमा शनिवार भएको इण्डो–नेपाल–युके मधुमेह बैठकमा सहभागि यस क्षेत्रका विज्ञ चिकित्सकहरुले पछिल्लो समय युवा पुस्तामा समेत तिव्र रुपले मधुमेह लाग्ने गरेको देखिएको जनाएका हुन् ।
चिकित्सकका  अनुसार मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिर्वतनका कारण नेपालका शहरबजारमा मधुमेहका विरामीको संख्या ह्वात्तै बढिरहेको छ । मोटोपन,शारिरीक निष्कृयता,असन्तुलित खानपिन,मानसिक तनाव लगायतका कारणले मानिसहरुमा मधुमेहको समस्या देखिन थालेको चिकित्सकको भनाई छ ।
नेपालमा कति मधुमेह रोगी छन् भन्ने सरकारी तथ्याङ्क छैन् तर विभिन्न निजी स्वास्थ्य संस्थाहरुले भने नेपालमा करिब ३० लाख मानिसमा मधुमेह रोगबाट कुनै न कुनै रुपमा पीडित रहेको दावी गरेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply